बागेरहाट जिल्ला
बागेरहाट जिल्ला
বাগেরহাট জেলা | |
---|---|
निर्देशाङ्क: २२°४०′००″उ॰ ८९°४८′००″पू॰ / २२.६६६६७°N ८९.८००००°Eनिर्देशाङ्कहरू: २२°४०′००″उ॰ ८९°४८′००″पू॰ / २२.६६६६७°N ८९.८००००°E | |
देश | बङ्गलादेश |
विभाग | खुल्ना विभाग |
राजधानी | बागेरहाट |
क्षेत्रफल | |
• जम्मा | ३,९५९.११ किमी२ (१५२८.६२ वर्ग माइल) |
उन्नतांश | २ मिटर (७ फिट) |
जनसङ्ख्या (२०११) | |
• जम्मा | १,४७६,०९० |
• घनत्व | ३७०/किमी२ (९७०/वर्ग माइल) |
साक्षरता दर | |
• जम्मा | ४४.३% |
समय क्षेत्र | युटिसी+६ (बङ्गलादेशको प्रमाणिक समय) |
हुलाक अङ्क | ९३०० |
बागेरहाट जिल्ला (बङ्गाली: বাগেরহাট) बङ्गलादेशको खुल्ना विभागमा रहेको एक जिल्ला हो । यो जिल्ला बङ्गलादेशको दक्षिण-पश्चिममा पर्दछ । [१]
भूगोल
[सम्पादन गर्नुहोस्]बागेरहाट जिल्ला २१°४९' देखि २२°५९' उत्तर अक्षांश र ८९°३२' देखि ८९°९८' पुर्व देशान्तरणमा अवस्थित छ । यस जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३९५९.११ वर्ग किलोमिटरमा फैलिएको छ । यो जिल्लाको उत्तरमा गोपालगञ्ज र नरिल जिल्लाले घेरेको छ भने बङ्गालको खाडील दक्षिणमा रहेको छ । त्यस्तै गरी पुर्वमा फिरोजपुर, गोपालगञ्ज र विरगुना जिल्ला रहेको छन् भने खुल्ना जिल्ला पश्चिममा पर्छ ।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]सन् २००१ को राष्ट्रिय जनगणना अनुसार यस जिल्लाको कुल जनसङ्ख्या १५,४९०,३१ रहेको छ जसमध्य पुरुषको जनसङ्ख्या ८,०४१,४३ छ भने महिलाको जनसङ्ख्या ७,४४८,८८ रहेको छ । यस जिल्लामा मुस्लिम धर्मीहरू १२,३७८,६२ छन् भने ३,०४४,२७ मानिसहरू हिन्दु धर्मीहरू हुन् । त्यस्तै गरी इसाई धर्मको जनसङ्ख्या ५४ छ भने अन्य धर्मका मानिसहरू ४२ रहेका छन् ।
इतिहास
[सम्पादन गर्नुहोस्]यो जिल्ला दुई ऐतिहासिक नदिहरु ब्रह्मपुत्र र गंगा नदिको मिलन भएको स्थानमा रहेको छ । बागेरहाट जिल्लामा धेरै संख्या मा मस्जिदहरु भएका कारण यस जिल्लालाई मस्जिदको सहरले पनि चिनिन्छ । यस जिल्लामा १५ औँ शताब्दीमा इट्टाको प्रयोग गरेर बनाइएका मस्जिदहरूको सङ्ख्या धेरैमात्रमा छ भने यी सम्रचनाहरू निकै उत्कृष्ट छन् ।
बागेरहाटलाई सन् १९८४ मा जिल्ला घोषित गरिएको थियो । हाल बागेरहाट जिल्ला क्षेत्रफलका आधारमा बङ्गलादेशकै चौँथो सबैभन्दा ठूलो जिल्लाको रूपमा रहेको छ ।
अर्थतन्त्र
[सम्पादन गर्नुहोस्]बङ्गलादेशमा रहेका दुई मुख्य बन्दरगाह मध्य एक बन्दरगाह मङ्गोल बन्दरगाह यस जिल्ला रहेको छ जहाँबाट दैनिक हजारौंको सङ्ख्यामा माछाको व्यापार हुने गरेको छ । यस जिल्लामा रामपाल र फकीरहाट गरी दुई उपजिल्ला रहेका छन् । जहाँ मानिसहरूको मुख्य व्यवसाय माछा पालन र माछा व्यापार हो । यस जिल्लाको दुई उपजिल्लामा झिङ्गे माछाको व्यापार हुने भएकाले यी दुई उपजिल्लाले दैनिक लाखौंको विदेशी विनिमय कमाएको छ ।
यातायात
[सम्पादन गर्नुहोस्]बागेरहाट जिल्लामा पहिला एक रेल सञ्चारको सुविधा थियो भने हाल यो रेल सेवा बन्द गरिएको छ । ढाकाबाट बागेरहाट जाने सबै भन्दा राम्रो तरिका सडक यातायात हो जसले ५ देखि ८ घण्टा सम्म ढाका पुग्न लाग्छ । हवाई यातायातमा ढाका जान जेसौर विमानस्थल पुग्न पर्छ र त्यहाँबाट थोरै समय गाडीमा हिँडेपछि राजधानी पुग्न सकिन्छ ।[१]
धर्म
[सम्पादन गर्नुहोस्]यस जिल्लामा मुस्लिम धर्मका मानिसहरू १२,३७८,६२ छन् भने हिन्दु धर्ममा विश्वास गर्ने मानिसहरूको सङ्ख्या ३,०४४,२७ रहेको छ । त्यस्तै गरी इसाई धर्मको जनसङ्ख्या ५४ छ भने अन्य धर्मका मानिसहरू ४२ जना रहेका छन् । यस जिल्लामा कुल ७,८१५ मस्जिद रहेको छ भने २३८ मन्दिरहरू रहेका छन् । यहाँ १७ चर्च र ७ चिहानहरू रहेका छन् । यस जिल्लाका मस्जिदहरू मध्य साठ गाम्बुज मस्जिद र डोम्स मस्जिद निकै प्रख्यात छन् भने खान जाहन अलीको चिहान सबैभन्दा प्रख्यात छ ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "बागेरहाट जिल्लाको जानकारी", बङ्गलापिडिया:बङ्गलादेशको राष्ट्रिय बिश्वकोश।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०२१-०८-२२ मिति
- बङ्गलादेश प्रेस क्लबको आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०१२-०२-२७ मिति
- जिल्ला सरकारको वेबसाइट