भुटान
भुटान अधिराज्य | |
---|---|
राजधानी र सबैभन्दा ठुलो सहर | थिम्पु २७°२८.०′उ॰ ८९°३८.५′पू॰ / २७.४६६७°N ८९.६४१७°E |
आधिकारिक भाषाहरू | जोङ्खा |
धर्म | |
रैथाने(हरू) | भुटानी |
सरकार | एकात्मक संसदीय संवैधानिक राजतन्त्र |
जिग्मे खेसर नामग्याल वाङचुक | |
छोग्याल दागो रिग्दिन | |
व्यवस्थापिका | संसद |
राष्ट्रिय परिषद् | |
राष्ट्रिय सभा | |
स्थापना | |
• भुटानको एकीकरण | सन् १६१६–१६३४ |
• देसी प्रशासनको अवधि | सन् १६५०–१९०५ |
• वाङचुक वंशको सुरुवात | १७ डिसेम्बर १९०७ |
८ अगस्ट १९४९ | |
२१ सेप्टेम्बर १९७१ | |
१८ जुलाई २००८ | |
क्षेत्रफल | |
• जम्मा | ३८,३९४ किमी२ (१४,८२४ वर्ग माइल)[३][४] (१३३औँ) |
• पानी (%) | १.१ |
जनसङ्ख्या | |
• सन् २०१८ अनुमानित | ७५४,३८८ [५][६] (१६५औँ) |
• सन् २०२२ जनगणना | ७,२७,१४५[७] |
• घनत्व | १९.३ /किमी2 (५०.० /वर्ग माइल) (१६२औँ) |
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता) | २०२३ लगत |
• जम्मा | $१०.९६९ अर्ब[८] (१६६औँ) |
• प्रति व्यक्ति | $१४,२९६[८] (९५औँ) |
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक) | सन् २०२३ लगत |
• जम्मा | $२.६८६ अर्ब[८] (१७८औँ) |
• प्रति व्यक्ति | $३,५००[८] (१२४औँ) |
गिनी (सन् २०१७) | ३७.४[९] मध्यम |
मानव विकास सूचकाङ्क (सन् २०२१) | ०.६६७[१०] मध्यम · १२७औँ |
मुद्रा | नुङ्लुत्रुम भारतीय रूपैयाँ (₹) (भारू) |
समय क्षेत्र | अन्तर्राष्ट्रिय प्रमाणिक समय+०६ (भुटानी समय) |
मिति ढाँचा | वर्ष-महिना-दिन |
सडक प्रयोग | बायाँ[११] |
टेलिफोन कोड | +९७६ |
इन्टरनेट डोमेन | डट बिटी |
|
भुटान (/buːˈtɑːn/ ( ) जोङ्खा: འབྲུག་ཡུལ་ dz), आधिकारिक रूपमा भुटान अधिराज्य (जोङ्खा: འབྲུག་རྒྱལ་ཁབ་),[१४] एक भूपरिवेष्ठित दक्षिण एसियाली राष्ट्र हो। उत्तरमा चीन र दक्षिणमा भारतको बीचमा पूर्वी हिमालयमा अवस्थित छ। एक हिमाली राष्ट्र, भुटानलाई स्थानीय रूपमा "द्रुक युल" वा "चट्याङको देश"[१५] को रूपमा चिनिन्छ, जुन देशको सांस्कृतिक विरासतलाई प्रतिबिम्बित गर्ने नाम हो। भुटान नाम सम्भवतः प्राकृत संस्कृत शब्द भोटान्त आएको हुन सक्छ, यो नाम तिब्बत (भोट)सँग यसको भौगोलिक निकटतालाई सङ्केत गर्दछ। नेपाल र बङ्गलादेश भुटान नजिकै अवस्थित छन् तर यसको सीमा साझा गर्दैनन्। यस देशको जनसङ्ख्या ७,२७,१४५ भन्दा बढी छ[१६] र क्षेत्रफल ३८,३९४ वर्ग किलोमिटर (१४,८२४ वर्ग माइल) रहेको छ र भूमि क्षेत्रफलमा १३३औँ र जनसङ्ख्यामा १६०औँ स्थानमा रहेको छ। भुटान एक संवैधानिक राजतन्त्र हो जसमा एक राजा (द्रुक ग्याल्पो) राज्यप्रमुख र एक प्रधानमन्त्री सरकार प्रमुखको रूपमा रहेका छन्। वज्रयान बौद्ध धर्म राज्य धर्म हो र जे खेन्पो राज्य धर्मको प्रमुख हुन्।
उत्तरमा लेकाली हिमालय हिमशृङ्खला दक्षिणमा देशको हराभरा उपोष्णकटिबन्धीय मैदानहरूबाट उठेका छन्।[१७] भुटानी हिमालयमा समुद्र सतहदेखि ७,० मिटर (२३,० फिट) भन्दा अग्ला चुचुराहरू छन्। गङ्गखार पुनसुम भुटानको सबैभन्दा अग्लो हिमाल हो र यो विश्वको सबैभन्दा अग्लो आरोहण नभएको हिमाल हो। भूटानको वन्यजन्तु यसको विविधताको लागि उल्लेखनीय छ, जसमा हिमालय टाकिन र सुनौलो लङ्गुर समावेश छ।[१८] राजधानी र सबैभन्दा ठूलो सहर थिम्पु हो, जसले जनसङ्ख्याको १/७ भाग ओगटेको छ।
इतिहास
[सम्पादन गर्नुहोस्]१७ औ शताब्दीको अन्तमा भुटानले बौद्ध धर्मलाई अङ्गीकार गर्यो। सन् १८६५ मा ब्रिटेन र भुटान बीच सिनचुलु सन्धिमा हस्ताक्षर भयो, जसमा भुटानले सीमावर्ती केही भूभागको बदलामा केही वार्षिक अनुदानको लागि करार गर्यो। ब्रिटिश प्रभावमै १९०७ मा त्यहाँ राजतन्त्रको स्थापना भयो। तीन वर्ष पछि एउटा अझै समझौता भयो, जस अनुसार ब्रिटिश यस कुरामा राजी भए कि उनी भुटानको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन तर भुटानको विदेश नीति इङ्ल्यान्ड द्वारा तय गरिन्छ। पछि सन् १९४७ उपरान्त यही भूमिका भारतले पायो। दुई साल पछि सन् १९४९ मा भारत भुटान समझौता अनुसार भारतले भुटानको त्यो सबै जमिन उसलाई फर्काई दियो जुन अङ्ग्रेजहरूको अधीन थियो। यस समझौता अनुसार भारतको भुटानको विदेश नीति एवं रक्षा नीतिमा धेरै महत्त्वपूर्ण भूमिका दिइयो।
राजनीति
[सम्पादन गर्नुहोस्]भुटानका राष्ट्रप्रमुख राजा हुन र उनलाई स्थानीय भाषामा द्रुक ग्यालपो भनिन्छ। यहाँ सन् २००६ देखि जिग्मे सिङगे वाङचुकका छोरा जिग्मे खेसर नामग्याल वाङचुक राजा(द्रुक ग्यालपो)का रूपमा राज्य गरिरहेका छन्। यो पद पुस्तनि नै हो तर भुटानको संसद शोगडूले दुई तिहाई बहुमतद्वारा हटाउन वा परिवर्तन गर्न सकिने प्रावधान छ। शोगडूमा १५४ सीट हुन्छन्, जसमा १०५ स्थानीय प्रतिनिधि, १२ धार्मिक प्रतिनिधि र ३७ राजाले छानेका प्रतिनिधि रहन्छन्. ती सबैको कार्यकाल तीन वर्षको हुन्छ। राजाले नै मन्त्रीपरिषदका सदस्यहरूको छनौट गर्छन र तिनिहरूको कार्यकाल ५ वर्षको हुन्छ। भुटानमा संविधान जारी भएको मिति जुलाई १८, २००८ हो। यस अनुसार कार्यकारी अङ्गमा राज्य प्रमुखमा राजा जिग्मे खेसर नामग्याल वाङचुक (डेसम्बर १४, २००६ देखि, नोबेम्बर ६ २००८ मा राज्यभिषेक), सरकार प्रमुख: प्रधानमन्त्री जिग्मे थिन्ले (अप्रिल ९, २००८ देखि), मन्त्रिपरिषद: ल्येन्गे सुन्छोग – राजाबाट मनोनित एवं राष्ट्रिय सभाबाट अनिमोदित र पाँच वर्षे अवधिका लागि काम गर्ने छन्। यहाँ पहिलो चुनाव मार्च २००८ मा सम्पन्न भएको हो।
व्यवस्थापकीय अङ्गमा दुई सदनात्मक ब्यबस्था छ। माथिल्लो सदन राष्ट्रिय परिषद गैर राजनीतिक (२५ सदस्यीय – २० जिल्लाबाट एक-एक जना गरी २० जना र ५ जना राजाबाट मनोनित), चार वर्षे अवधि; तल्लो सदन राष्ट्रिय सभा (४७ सदसीय, पाँच वर्षका लागि प्रत्यक्ष निर्वाचित) हुने गर्छन। पछिल्लो पटक राष्ट्रिय परिषदको निर्वाचन डेसम्बर ३१, २००७ र जनवरी २९, २००८ मा सम्पन्न भएको हो भने राष्ट्रिय सभाको निर्वाचन मार्च २४, २००८ मा सम्पन्न भएको थियो।[१९]।
भूगोल
[सम्पादन गर्नुहोस्]भुटानलाई तलका बीस जिल्ला (जोङखाग) मा बाडिएको छः
- बुमथाङ जिल्ला
- चुखा जिल्ला
- डगाना जिल्ला
- गासा जिल्ला
- हा जिल्ला
- लुन्टसे जिल्ला
- मोङ्गर जिल्ला
- पारो जिल्ला
- पेमागत्सेल जिल्ला
- पुनाखा जिल्ला
- सम्द्रूप जोङ्खार जिल्ला
- सम्त्से जिल्ला
- सरपाङ जिल्ला
- थिम्पु जिल्ला
- ट्रसिगाङ जिल्ला
- त्रासियाङत्से जिल्ला
- ट्रोङ्सा जिल्ला
- सिराङ जिल्ला
- वाङ्डु फोड्रङ जिल्ला
- झेमगाङ जिल्ला
अर्थतन्त्र
[सम्पादन गर्नुहोस्]विश्वको सबैभन्दा सानो अर्थव्यवस्थाहरू माझ एक भुटानको आर्थिक ढाँचा मुख्य रूपमा कृषि र वन क्षेत्रहरू र त्यहाँ निर्मित जलविद्युतलाई भारतको विक्रयमा निर्भर छ। यस्तो मानिन्छ कि यही तीन वस्तुबाट भुटानको सरकारले ७५% कमाई गर्दछ। कृषि जुन यहाँको मानिसहरूको आधार हो त्यसमा ९०% भन्दा बढि मानिसहरू निर्भर छन्। औद्योगिक उत्पादन लगभग नगण्य मात्रामा रहेको छ नाम मात्रको उद्योगहरू कुटीर उद्योगको श्रेणीमा पर्छ। भुटानमा जलविद्युत र पर्यटनको क्षेत्रमा असीमित सम्भावनाहरू छन्।
जीवनशैली
[सम्पादन गर्नुहोस्]भुटानको जनसङ्ख्या करिब ६ लाख ७२ हजार छ।[२०] भुटानको लगभग आधा मानिसहरू भुटानको आदीवासी हुन, जसलाई गांलोप भनिन्छ र तिब्बतको केही जातीहरूसँग यीनीहरूको निकटको सम्बन्ध छ। यस वाहेक अन्य जातीहरूमा नेपाली छन् र यिनीहरूको सम्बन्ध नेपालसँग छ। त्यस वाहेक शरछोगपा र ल्होछामपा जातीहरू छन्। यहाँको आधिकारिक भाषा जोङ्खा हो, यीनीहरूको साथसाथै यहाँ थुप्रै अन्य भाषाहरू बोलिन्छ, जसमा केही त बिलिन हुने अबस्थामा छन्। भुटानमा आधिकारिक धर्म बौद्ध धर्मको महायान शाखा छ, जसको अनुसरण देशको लगभग तीन चौथाई जनताले गर्दछन। भुटानको २५ प्रतिशत जनसङ्ख्या हिन्दु धर्मको अनुयायी छन्। भुटानको हिन्दु धर्मी नेपाली मूलका मानिसहरू हुन्, जसलाई ल्होछामपा पनि भनिन्छ। करिव एक लाख ल्होछामपालाई सन् १९८९ मा देशबाट निकालिएको (भुटानी सरकारका अनुसार कतिपय स्वेच्छाले) थियो। पूर्वी नेपालमा एक लाख जनता र भारतमा ३० हजार जति शरणार्थीका रूपमा बसिरहेका छन्। उनिहरूले शरणार्थी सम्बन्धि राष्ट्रसङ्घीय उच्चायुक्त र नेपाल सरकारबाट केही राहत र सहयोग् पाउछन्। भुटानी शरणार्थीको पुनर्वास कार्यक्रम अर्न्तर्गत हालसम्म ४० हजार शरणार्थी पुनर्वासका लागि विदेश प्रस्थान गरिसकेका छन्। संयुक्त राज्य अमेरिकाले हालसम्म ३४ हजार १२९ शरणार्थीलाई पुनर्वासमा लिइसकेको छ [२१]।
संस्कृति
[सम्पादन गर्नुहोस्]भुटान विश्वको ती केही देशहरूमा पर्दछ, जसले आफुलाई शेष विश्वबाट अलग राख्दै आईरहेको छ र आज पनि केही हदसम्म यहाँ विदेशीहरूको प्रवेश नियन्त्रित छ। देशको धेरै जसो मानिसहरू साना ग्रामिण क्षेत्रमा बस्छन र उनीहरू कृषिमा निर्भर छन्। बिस्तारै-बिस्तारै शहरीकरणले देशमा गती लिइरहेको छ। बौद्ध विचार यहाँको जीवनको महत्त्वपूर्ण भाग हो। तीर धनुष खेल यहाँको राष्ट्रिय खेल हो।
चित्रदीर्घा
[सम्पादन गर्नुहोस्]-
थिम्पु बजार
-
थिम्पु बजार१
-
थिम्पु बजार२
-
थिम्पु बजार३
-
टाइगर नेस्ट
-
पारो ताकसाङ (टाइगर नेस्ट), पारो
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सूची
[सम्पादन गर्नुहोस्]- ↑ "Pew Research Center – Global Religious Landscape 2010 – religious composition by country", मूलबाट १३ डिसेम्बर २०१६-मा सङ्ग्रहित। वेब्याक मेसिन अभिलेखिकरण १३ डिसेम्बर २०१६ मिति
- ↑ "Bhutan, Religion And Social Profile | National Profiles | International Data", Thearda.com, मूलबाट १७ जुलाई २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०७-१७। वेब्याक मेसिन अभिलेखिकरण २०२२-०७-१७ मिति
- ↑ "9th Five Year Plan (2002–2007)", Royal Government of Bhutan, २००२, मूलबाट २० मार्च २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ अगस्ट २०११। वेब्याक मेसिन अभिलेखिकरण २० मार्च २०१२ मिति
- ↑ "National Portal of Bhutan", Department of Information Technology, Bhutan, मूलबाट २३ अप्रिल २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ अगस्ट २०११। वेब्याक मेसिन अभिलेखिकरण २३ अप्रिल २०१२ मिति
- ↑ ""World Population prospects – Population division"", population.un.org, संयुक्त राष्ट्र सङ्घीय आर्थिक तथा सामाजिक मामिला विभाग, जनसङ्ख्या विभाग, अन्तिम पहुँच नोभेम्बर ९, २०१९।
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;UN_WPP_2019
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ "Bhutan", City Population, मूलबाट ५ अक्टोबर २००३-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ मे २०१९।
- ↑ ८.० ८.१ ८.२ ८.३ "World Economic Outlook Database, October 2023 Edition. (Bhutan)", IMF.org, अन्तर्राष्ट्रिय मुद्रा कोष, १० अक्टोबर २०२३, अन्तिम पहुँच २४ अक्टोबर २०२३।
- ↑ "Gini Index", World Bank, मूलबाट ८ जुन २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ सेप्टेम्बर २०१९।
- ↑ "Human Development Report 2021/2022" (अङ्ग्रेजीमा), संयुक्त राष्ट्र विकास कार्यक्रम, ८ सेप्टेम्बर २०२२, मूलबाट ८ सेप्टेम्बर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ सेप्टेम्बर २०२२।
- ↑ "List of left- & right-driving countries", WorldStandards, मूलबाट १० नोभेम्बर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ नोभेम्बर २०२२।
- ↑ "Treaty Bodies Database – Document – Summary Record – Bhutan", संयुक्त राष्ट्र शरणार्थी उच्च आयोग, ५ जुन २००१, मूलबाट १० जनवरी २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ अप्रिल २००९।
- ↑ "World Population Prospects", United Nations, २००८, मूलबाट ७ जनवरी २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ डिसेम्बर २००९। वेब्याक मेसिन अभिलेखिकरण ७ जनवरी २०१० मिति
- ↑ Driem, George van (१९९८), Dzongkha = Rdoṅ-kha, Leiden: Research School, CNWS, पृ: ४७८, आइएसबिएन 978-90-5789-002-4।
- ↑ "चट्याङको देशमा नेपालीभाषी आस्थाका बन्दीहरू", कान्तिपुर दैनिक (नेपालीमा), अन्तिम पहुँच ०६ कात्तिक २०८०।
- ↑ "World Population Prospects – Population Division – United Nations", population.un.org, मूलबाट २० मे २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०१-०२।
- ↑ "Bhutan", Encyclopedia Britannica, मूलबाट १८ अक्टोबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर १५, २०२०।
- ↑ "Flora and Fauna of Bhutan – Rich Biodiversity of the Himalayan Kingdom", Holidify.com, मूलबाट १८ मे २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०५-१८।
- ↑ http://bhutansamachar.com/%E0%A4%AD%E0%A5%81%E0%A4%9F%E0%A4%BE%E0%A4%A8%E0%A4%AC%E0%A4%BE%E0%A4%B0%E0%A5%87[स्थायी मृत कडी]
- ↑ The population of Bhutan per the Government of Bhutan census of 2006 is 672,425 (2006) [1]. The population estimate in the CIA Factbook is 2,232,291 although it notes that other estimates are as low as 810,000. [2]. The United Nations estimate is 2,163,000 (2005). Neither the CIA nor the United Nations documents their methods of population estimate, while the सरकार of Bhutan provides detailed population figures down to the gewog level. In June 2005 yet another census was done र most recent population figures quoted by the सरकार based on the census is 672,425. Detailed breakdown information can be found at the following website http://www.bhutancensus.gov.bt. Country rankings are based on the CIA Factbook.
- ↑ http://bhutansamachar.com/841.html[स्थायी मृत कडी]